Instagram story viewer> @sapko_laxmi> Posts
231
followers
594
following
POSTS STORIES REELS TAGGED
हाम्री प्यारी छोरी, तिम्रो Graduation को यो विशेष अवसरमा हृदयदेखि धेरै–धेरै बधाई तथा शुभकामना।

तिमीले आजसम्म गरेको मेहनत, लगन र संघर्षले आज यो सुन्दर सफलता हासिल भएको छ। तिमीले हाम्रो शिर गर्वले उँचो बनाएकी छौ।
अब जीवनको नयाँ यात्रामा अझ ठूला सपना देख्दै, आत्मविश्वासका साथ अगाडि बढ्नु। बाटोमा जस्तोसुकै चुनौती आए पनि हिम्मत नहार्नु र आफ्नो क्षमतामाथि सधैं विश्वास राख्नु।
तिम्रो हरेक सपना पूरा होस्, हरेक पाइला सफलताको बाटोतर्फ अघि बढोस्। हामी सधैं तिम्रो साथमा छौँ। तिम्रो उज्ज्वल भविष्यका लागि हाम्रो माया, आशीर्वाद र शुभकामना सधैं तिमीसँग रहनेछ।
Graduation को धेरै–धेरै बधाई, प्यारी छोरी दिक्षा 🌸🎓❤️ by @sapko_laxmi
3
14 days ago
Download
हाम्रो प्यारो देवर बाबु र  बहिनीको वैवाहिक जीवनको २५ औ  बर्ष , रजत जयन्तीको यस शुभ घडीमा,हार्दिक शुभकामना 
आगामी दिन झन् उज्याला बनून्,सपना सबै साकार बनोस

विश्वासको दीप सधैं बलिरहोस्,मायाको फूल सधैं फुलिरहोस्।
एकअर्काको साथ यही रहोस्,जीवनभर हाँसोले घर भरिरहोस्। by @sapko_laxmi
0
4 months ago
Download
देशविदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी 
आमाबुबा  बन्धुबान्धव इष्टमित्रहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।। by @sapko_laxmi
0
6 months ago
Download
हाम्री प्यारी छोरी दिक्षा र ज्वाईराजा सुन्दर को यो सुन्दर जोडी युग युगान्तरसम्म अटल र उदाहरणीय जोडी बनिरहोस् ।  हामी आमाबुबाको  तर्फबाट हजुरलाई सदैव आशीर्वाद , माया  अनि यो भूगोलभरिको शुभकामना ।

"लक्ष्मी ,तेरो भन्दा त मलाई ज्वाईंको माया पो लाग्छ।"
मेरी आमालाई के भएको छ? 
बुढीमाउलाई यत्रो वर्ष हुर्काएकी छोरीको माया नलागेर ज्वाईंको माया पो लाग्यो भन्दै हुनुहुन्छ। 
यही प्रश्न गरेकी थिएँ मैले आमालाई 
,जब मेरो  भर्खर बिहे भएको थियो।

आज मलाई त्यही अनुभूति भइरहेको छ। 
हाम्रो अहोभाग्य ,हजुरलाइ हामीले  तेस्रो सन्तानको रुपमा प्राप्त गरेका छौं। हाम्रो परिवारको यो असिमित खुशीको आधार स्तम्भ  हाम्रा  आदरणीय 
सम्धि हजुर  एवम सम्धिनी  हजुरलाई पनि हार्दिक  नमन साथै  विशेष आभार व्यक्त गर्न चाहन्छौं। by @sapko_laxmi
0
7 months ago
Download
मेरो जीवनको मध्यावधि निर्वाचनमा मैले १००% मत दिएर जिताएको व्यक्ति । हजुर नै राजा, हजुर नै प्रधानमन्त्री , हजुर नै राष्ट्रपति ।  हजुरले चुनाव जितेको दिन । मैले आँखा चिम्लेर भोट दिएको दिन । जित हामी दुईजनाकै , साम्राज्य हाम्रै । हजुर राजा  म रानी । यही हो हाम्रो जीवन कहानी  @marriage anniversary by @sapko_laxmi
0
7 months ago
Download
हाम्री सानी छोरीलाई  जन्मदिनको  धेरै धेरै  शुभकामना ।भगवानको कृपा सदा मिलिरहोस । Be Healthy  Happy and Helpful  forever.. We are always with you. 
Lots of love  from Heart ❤️ Deepshikha Pandey by @sapko_laxmi
0
a year ago
Download
हँसिलो मुहार  रसिलो व्यबहार भएकी हाम्री बहिनीलाई जन्मदिनको एक भूगोल शुभकामना 😘🎂 । by @sapko_laxmi
0
a year ago
Download
जन्मदिनको हार्दिक शुभकामना प्रिय जीवनसाथी । हजुरको  आगमनले  खुशीमा हाँस्ने काख , दु:खमा रुने  काँध  पाएको छु र पो यो एकान्की जीवनमा  हजुर र म हुँदै  हामीसम्मको  परिचय ,नामको पछाडी थर  घामपानी छेक्ने घर  अनि जीवनको उकाली ओरालीमा दरिलो भर मिलेको छ।  हजुरलाई जन्मदिने आमाबुवालाई कोटी कोटी नमन साथै फेरि पनि  जन्मदिनको भव्य शुभकामना प्रिय  बुढा माउ by @sapko_laxmi
0
a year ago
Download
All the hard work, and dedication led to this proud moment. So proud of you  Barsha Poudel  chhori. congratulations on your graduation as well Basanta Poudel  for achievment  of masters degree ( post graduation). Best wishes for your bright career by @sapko_laxmi
0
a year ago
Download
 by @sapko_laxmi
0
a year ago
Download
 by @sapko_laxmi
1
a year ago
Download
 by @sapko_laxmi
0
a year ago
Download

Download All

Save the photos and videos currently loaded on this page.

0Photos
0Videos
Ready to download 0 / 0

Keep this tab open until your download is ready.

back to up